काठमाडौंबाट हेटौंडा जाँदै गरेको माइक्रो बस मकवानपुरगढीमा दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको बाप्र०१–००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर–५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।