बुटवलमा युवतीमाथि गोली प्रहार

 

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।

पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल–११ मा बुद्धनगर खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जित सिह राठौरले मोटरसाइकलमा आएका युवकले ९ः३० बजेतिर २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको बताए ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।