शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी थए ।
त्यस्तै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि बैठकमा सहभागी थिए ।
बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न सकेको छैन।
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटीसमेत गठन भएको थियो।
उक्त कमिटीले पदाधिकारी सिफारिस नगरी समय गुजारेको थियो।



















