२३ वैशाख, विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका नय् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।
सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।त्यसै गरी घटनामा
सुनसरी धरान उपमहानगरपालिका– १३ का ११ वर्षीय अनमोल तामाङ,सुनसरी बराहक्षेत्र नगरपालिका– २ का ४८ वर्षीय कृष्ण राउत, भोजपुर षडानन्द नगरपालिका– १३ का २० वर्षीय सुर्यमणी तामाङ, टाउकोमा चोट,अवस्था सामन्य ।,भोजपुर पौवादुम्मा गापा– ३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा, टाउकोमा चोट,अवस्था सामान्य । भोजपुरको भोजपुर नगरपालिका– ११ की २४ वर्षीया सविना बराईली, हात भाच्चिएको,अवस्था सामान्य , भोजपुरको भोजपुर नगरपालिका – ११ की ६० वर्षीया देवी विक,टाउकोमा चोट, अवस्था गम्भीर धनकुटाको साँगुरीगढी गापा– ६ का ६० वर्षीय हंशबहादुर राई, टाउकोमा चोट, अवस्था गम्भीर भोजपुरको षडानन्दा नपा– ११ बस्ने ५१ वर्षीया पूर्णमाया तामाङ, अवस्था सामान्य सुनसरीको इटहरी उपमहानगरपालिका– ४ का १७ वर्षीय आयुष राई,हात र ढाडमा चोट,अवस्था सामान्य धनकुटाको धनकुटा नगरपालिक–६ का ३४ वर्षीय धनकुमार विक, टाउकोमा चोट, अवस्था सामान्य धनकुटाको साँगुरीगढी गाँउपालिका– ६ की ६० वर्षीया दीर्घमाया राई, टाउकोमा चोट,लागेको र अवस्था सामान्य रहेको छ ।

















