भारतीय सेनाद्धारा पाकिस्तानमा हमला ,भारतका ५ वटा फाइटर जेट खसालेको पाकिस्तानी सेनाले दाबि

भारतका ५ वटा फाइटर जेट खसालेको पाकिस्तानी सेनाले दाबि दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।

विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ। राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन्।यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।

अप्रिल २२ मा जम्मु कश्मिरको पहलगामको बैसरन उपत्यकामा पर्यटकहरूमाथि आतंककारी आक्रमणमा भयो । आक्रमणमा एक स्थानीय कश्मिरी सहित २६ जना पर्यटकको मृत्यु भएको थियो। । यो आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ । तर पाकिस्तानले आरोपको खण्डन गरेको छ ।यो आक्रमणपछि भारत र पाकिस्तानबिच युद्ध हुने हो कि भन्ने आशंका बढीरहेकै बेला पहलगाम आक्रमणको १५ दिनपछि भारतीय सेनाले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियोे ।यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

भारतीय समाचार माध्यमले भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।
भारतीय सेनाले एक्स अकाउन्टमा लेखेको छ– पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ । भारतीय सेनाले यसको उचित तरिकाले जवाफ दिइरहेको छ ।’
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् । शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।
उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
भारतले यस अघिनै सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने घोषण गर्यो त्यसको प्रतिक्रियामा, पाकिस्तानले पनि भारतीय नागरिकहरूको भिसा रद्द ग¥यो र शिमला सम्झौता निलम्बन गरेको थियो ।
भारत र पाकिस्तान बिच युद्धको खतरा किन पनि छ भने पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यदि भारतले सिन्धु नदीको पानी रोकेमा पाकिस्तानले यसलाई ‘युद्धको कार्य’ मान्ने बताई सकेका थिए अहिलेत मिसाई आक्रमण नै भयो ।

त्यसो त आक्रमणको भोलिपल्ट २३ अप्रिलमा बसेको भारत सरकारको सुरक्षा समितिको बैठकले भारत पाकिस्तानबीचको एकमात्र आधिकारिक स्थलमार्ग अटारी सीमानाका बन्द गर्ने निर्णय गर्दै सो नाका भएर आउजाउ गर्नुपर्ने भएकाहरुलाई १ मे अर्थात् वैशाख १८ गतेसम्मको मौका दिएको थियो ।
यसैगरी सार्क भिसाबाहेक पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।

पाकिस्तानले बाघा बोर्डर भारततर्फ अटारी सीमा नाका भनिने)लाई बन्द गर्ने, हवाई तथा व्यापार बन्द गर्ने र भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने लगायतका निर्णय गरेको छ ।

यी पछिल्ला घटनापछि दुई देशबीच तनाब चुलिएको छ । त्यसयता सीमामा गोलीहरु चलेका छन्, र त्यसको मूल्य सिमानाका दुई किनारमा बिछोडिएका परिवार एवं आफन्तजनले चुकाइरहेका छन् । भारतका गृहमन्त्री अमित शाहले सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै भनेका थिए– सबै पाकिस्तानी नागरिकलाई पत्ता लगाएर भारतबाट निकाला गर्नू । उता पाकिस्ताले पनि जस्तो सुकै परिस्थीति सामाना गर्न तयार रहेको जनाएको छ । भारत र पाकिस्तान बिच विवाद हुदा विश्व जनमान किन पनि बढि चनाखो हन्ुँछन भने यी दुई देशबिच विगतमा पनि पटक पटक युद्ध भएका छन ।