बिपी राजमार्गअन्तर्गत बर्खे खोलादेखि पिप्लेसम्मको ३।२ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले बनाइदिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार बर्खे खोलादेखि पिप्लेसम्मको ३।२ किलोमिटरसम्मको खण्ड जाइकाले बनाइदिन तयार भएको हो।
गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्गको २४ किलोमिटर भागमा क्षति पुगेको थियो। १३ किलोमिटर बढी सडक कटान नै गरेको थियो। उक्त कटान गरेको भाग डाइभर्सन गरेर अहिले अस्थायी रूपमा राजमार्ग सञ्चालन भइरहेको छ।
उक्त क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि नेपाल सरकारले पटकपटक जाइकालाई आग्रह गरेको थियो।
नेपाल सरकारको आग्रहअनुसार जाइकाले ३।२ किलोमिटर सडक बनाउन राजी भएको र त्यसको निर्णय भई सम्झौताको तयारी भइरहेको सचिव शर्माले जानकारी दिए।
उक्त खण्डका लागि २ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबर अनुदान दिन जाइका तयार भएको शर्माले बताए।

















