प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठकक आवहान

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ । उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ ।