नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेको छ । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी ९मध्यपहाडी लोकमार्ग० जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।
उनले भने, “हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।” अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।



















