हास्य कलाकार घनश्याम गौतमको निधन

काठमाडौँ । गएराति निधन भएका हास्य कलाकार घनश्याम गौतम कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका बिहान ९ बजेदेखि १० बजेसम्म पशुपति आयघाटमै राखिएको थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेत्री निर्देशक दीपाश्री निरौला, वरिष्ठ कलाकार रवीन्द्र खड्का, मदनदाश श्रेष्ठ, राजु केसी र सानापर्दाका थुप्रै कलाकर्मी पुगेका थिए । अन्तिम श्रद्धाञ्जलीमा कलाकर्मीले उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर बिदाइ गरेका छन् ।

श्रद्धाञ्जली दिन पशुपति पुगेका अधिकांश कलाकर्मीले उनको अभिनय र योगदानको चर्चा गरेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित गौतमको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।