नेपाल–केन्या व्यापार प्रवर्द्धन प्रतिबद्धता, अवैतनिक दूतावास कार्यालयको उद्घाटन

केन्याका राजदूत उच्चायुक्त पिटर मैनामुन्यिरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टन्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

सोही दिन राजदूत पिटरले कमलादीस्थित सिटी एक्स्प्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालय उद्घाटन पनि गरेका छन् ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत टन्डनले आयोजना गरेको विशेष समारोहमा राजदूत मैनामुन्यिरीको अध्यक्षतामा दुई देशबीचको व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत टन्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक पनि हुन् ।