भारतमा कोभिड– १९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार ३ सय ६४ पुगेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या केरलामा देखिएको छ। केरलामा मात्र १ हजार ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने गुजरातमा ६ सय १५ जना सङ्क्रमण देखिएको छ।
त्यस्तै, पश्चिम बंगालमा ५ सय ९६ र दिल्लीमा ५ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २०२५ को हालसम्म देशमा कोरोनाका कारण ५५ जना बिरामीको मृत्यु भइसकेको छ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






