वीरगन्जमा  मोटरसाइकल  दुर्घटनामा परी दुई जनाको मृत्यु

 

 

 

पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

 

प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको हो।

 

मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।