काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा आफ्ना अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन् ।
शनिबार काठमाडौँमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोस्रो दिन धारणा राख्ने सदस्यहरूले प्रतिशोधका आधारमा अध्यक्ष माधव नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन् ।
उनीहरूले सोही मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानिक कार्य लगायत सातवटा एजेन्डामाथि छलफल भइरहेको उनको भनाई छ।
सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने पाण्डेले बताए।


















