विद्यालय शिक्षा विधेयकमा  प्रदेशबाटै सञ्चालन हुनेगरी  माध्यमिक एसईई राख्ने सहमति

 

विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

जसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको हो ।

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको थिए । उपसमितिले पनि एसईई नराख्ने सहमति थियो ।

यद्यपि प्रदेशबाटै एसईई सञ्चालन हुनेगरी शनिबार समितिले पारित गरेको हो ।

समितिले उक्त विधेयक पारित गरेर अब प्रतिनिधिसभामा पठाउनेछ ।