नेपालमा वैदिक जीवनशैली , सनातन ज्ञान, आधुनिक विज्ञान र प्रविधिको समन्वयद्वारा आध्यात्मिक जीवनशैली प्रवर्दधन गर्दै समृद्ध र सन्तुलित समाज निर्माण गर्ने उद्देश्यले ओम् वैदिक फाउन्डेशनको उद्घाटन भएको छ ।
संस्थाको दृष्टिकोण वैश्विक (lobal) समुदायमा वैदिक विज्ञानमा आधारित आध्यात्मिक अर्थतन्त्रको विकास गर्नु हो । भने यसको उदेश्य नेपालमा एक विश्वस्तरीय शैक्षिक र अनुसन्धान केन्द्रको स्थापना गरी वैदिक शिक्षाद्वारा सामाजिक रूपान्तरण र समग्र जीवन सुधार गर्नु हो ।
समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री देवराज गौतमले संस्थाको उद्देश्य ज्योतिषशास्त्र ध्वनि तरंग, र प्राकृतिक चिकित्सा विधिहरूको वज्ञानिक पक्षबारे विस्तृत जानकारी दिए्र उनले ज्योतिषले कसरी जीवन सरल बनाउन सक्ने भन्ने कुरालाई विशेष जोड दिए। साथै, श्री डा. आर.एम ले ओम् वैदिेक वेलनेस कार्यक्रमको अवधारणाबारे जानकारी दिए उनले holistic wetlness र वैदिक उपचार प्रणालीका बारेमा धारणा राखे ।
समारोहका प्रमुख अतिथि अध्यक्ष , वर्ल्ड एस्ट्रो फेडेरेसन नेपाल तथा ख्यातिप्राप्त वैदिक ज्योतिाचार्य श्री डा. लोकराज पौडेलले वैदिक दृष्टिकोणबाट जल , ऊर्जा र तत्त्वहरूको महत्त्वबारे बताए ।
भष्टाचारविरोधी अभियन्ता तथा समाजसेवी पूर्व डीआईजी श्री रमेश खरेलले सामाजिक सदाचार, शुभकर्म र जातीय समानताको विषयमा मन्तव्य दिदै वैदिक मूल्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए । पूर्व प्रमुख वैज्ञानिक अधिकृत, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST)र नेचर्स मोलेक्युल इन्डस्ट्रीका प्रमुख कार्यकारी अधिकृत श्री डा.कान्ति श्रेष्ठले ध्वनि तरंग, औषधी वनस्पति, मूल कर्पुर र धूपको प्रयोगजस्ता परम्परागत विधिहरूको वैज्ञानिक पक्ष प्रस्ट गरे ।
हेल्थ सेक्टर डिजिटाइजेसनका अगुवा र वैदेक ज्ञानप्रति सम्मान राख्ने चिकित्सा विज श्री डा । सुभाष प्याकुरेलले अध्यात्म र शारीरिक स्वास्थ्यबीचको सम्बन्धबारे भ्ऋन् परीक्षणसहित प्रस्तुत गरे तन्त्रलाई वैज्ञानिक तरिकाले बुझ्ने तन्त्रका विज्ञ श्री डा. शहदेव विष्टले कम्पन र नयाँ ऊर्जा ढाँचा (energy pattern ) को वैज्ञानिक व्याख्या गरे भने येटिकेम डस्ट्रीब्युटर्स प्रा.लिका अध्यक्ष श्री प्रभु वैद्यले परम्परागत ज्ञानको संरक्षण र नयाँ पुस्तालाई वैज्ञािक ढंगल बुझाउनुपर्ने आवश्यकता औंल्याए ।


















