नेपाल उद्योग परिसंघ(CNI) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई मध्यनजर गर्दै यसले आर्थिक गतिविधि बढाउने अपेक्षा गरेको छ। परिसंघले चालु पूँजी कर्जामा परिमार्जन, साना तथा मझौला उद्यमलाई राहत, र पूर्वाधार क्षेत्रमा लगानी बढाउने व्यवस्थालाई सकारात्मक रुपमा लिएको छ।
कर्जा वर्गीकरण, ग्राहकको क्रेडिट स्कोरमा आधारित ऋण सुविधा, ब्याजदर घटाउने प्रयास, र निजी घर खरिदका लागि कर्जा सीमा बढाइनु जस्ता उपायले बजार मनोबल र निर्माण क्षेत्रलाई सहयोग गर्ने सीएनआईको भनाइ छ।
सेयर धितोमा कर्जा सीमा २५ करोड पुर्याइएको, साना उद्यमलाई सहुलियत, र बैंक स्व–नियमनको पक्षमा नीति बनेको भन्दै परिसंघले आगामी दिनमा अझ प्रभावकारी निर्देशनको अपेक्षा गरेको छ। साथै, एमसीएलआर, ईबीएलआर प्रणालीतर्फ जानुपर्ने सुझावसहित कर्जामा सुधारको आग्रह पनि गरेको छ।



















