थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ ।
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।
कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले लेखेको छ । यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ ।

















