बाजुरामा बिहीबार बिहान भएको यात्रुबाहक जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
घटनास्थलमै बाजुराको हिमाली गाउँपालिका–५ सुन्नीबाडा गाउँकी ६५ वर्षीया बिजौरा रोकाया, ७० वर्षीया बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको छ। बाजुराको हिमाली गाउँपालिका–५ क्युडीदेखि कुवाडीतर्फ जाँदै गरेको बा.प्र. ०३००१ ज ०३३८ नम्बरको जिप सडकदेखि झन्डै साढे दुई सय मिटर तल खसेको थियो।
उक्त जिप बिहान साढे ७ बजेतिर दुर्घटनामा परेको भए पनि एक जना स्थानीय महिलाले फोन गरी बिहान ९ बजे मात्रै प्रहरीलाई जानकारी दिएकी थिइन्। त्यसपछि अस्थायी प्रहरी पोष्ट कुवाडी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ लागेको थियो। प्रहरी निरीक्षक चौधरीका अनुसार प्रहरी पोष्टको प्रहरी बिहान साढे ११ बजे र जिल्ला प्रहरीको टोली पौने १ बजेतिर घटनास्थल पुगेको थियो।
दुर्घटनामा परी जिपका चालक हिमाली–२ कोटका २३ वर्षीय गौरी बुढा, हिमाली – ५ क्यूडीका ३५ वर्षीय बाचलाल रोकाया, सोही वडाका ३६ वर्षीय धनसिंह रोकाया, ७० वर्षीया भदैरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर बुढा, ७० वर्षीय अम्म रोकाया, ४५ वर्षीय भैजित बुढा, १४ वर्षीय दशरथ बुढा, १२ वर्षीया अप्कली बुढा, ५० वर्षीय रनसुर सुनार, ५० वर्षीय राजबहादुर बुढा थापा र हुम्लाको ताजाकोट गाउँपालिका – ३ का ३६ वर्षीय सुरेन्द्र शाहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता चौधरीले बताए।
दुर्घटनाका घाइतेमध्ये हिमाली – ५ क्यूडीका ५० वर्षीय छते रोकाया, ८ वर्षीय साजन रोकाया, हिमाली – ५ बच्छियाका ३५ का दलबहादुर चदराको अवस्था मध्यम रहेको चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार जिपमा १९ जना सवार थिए। साँघुरो बाटोमा अनियन्त्रित भई जिप साढे दुई सय मिटर तल खस्न पुगेको थियो।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






