चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटी मनाउँदा गएराति पक्राउ परेकामध्ये २८ जना छुटेका छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा समातिएकामध्ये उनीहरुलाई छाडिएको एसपी कुलदिप चन्दले बताए ।उनका अनुसार, चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद अनुमति लिएको छ ।पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । म्याद थप्न लगिएकाहरुमा गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् ।


















