skip this काठमाण्डौं महानगरपालिका ११

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।