उत्तराखण्डको धरालीमा भीषण बाढील ४ जनाको मृत्युको ५० भन्दा बढी बेपत्ता

उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ। भारतीय संचार माध्यमले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो। घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन्।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर र ५० भन्दा बढी हराइरहेको संचार माध्यमलाई बताएका छन्।
धेरै मानिसहरू बगेको आशंका गरिएको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ। उद्धार टोली सँगै सेना पनि घटनास्थलमा पुगेको छ।पानीको भेल देखेर मानिसहरू चिच्याउन थालेका थिए।

धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल र पसलहरू भत्किएका छन्। त्यहाँ पछिल्लो २ दिनदेखि भारी वर्षा भइरहेको थियो।
उत्तराखण्डका मुख्यमन्त्री धामीले परिस्थितिमाथि नजर राखिरहेको बताएका छन्।