नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा, पुस्तक लोकार्पण समारोह सम्पन्न

श्रीकृष्ण जन्माष्टमी, २०८२ को सन्दर्भमा वैदिक साहित्यका अनुसन्धाता, विद्धान् पण्डित अच्युतप्रसाद पौडेल ‘चिन्तन’ द्वारा लिखित नेपालका चौसठ्ठी जयोतिर्लिङ्ग तथा पशुपति महिमा पुस्तक हालै एक समारोका बीच लोकार्पण सम्पन्न भएको छ ।

गङ्गेश्वर शिव पाञ्चायन मन्दिर, पानी टैँकी, बौद्ध ६ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशी, वयोवृद्ध स्थानीय रामेश्वर नेपाल, मन्दिर समितिका अध्यक्ष डा रमेशप्रसाद न्यौपाने र लेखक स्वयबाट लोकार्पित सो पुस्तकमा प्रसिद्ध पशुपतिनाथ लगायत नेपालका १० जिल्लाहरुमा रहेका ६४ सिद्ध, आदि र स्वयम्भू ज्योतिर्लिँगहरुका बारे चर्चा भएको छ ।

आध्यात्मिक, धार्मिकक्षेत्रका सिद्धहस्त लेखक तथा सन्चारकर्मी चिन्तनबाट यसअघि दर्जनौँ पुस्तकहरु प्रकाशित भइसकेका छन् ।