बिराट मेडिकल कलेज बिराटनगरमा बिमा गर्नेको बिजोक , अस्पतालको लापरबाही

 

बिराटनगर – सरकारले रास्ट्रीय स्वास्थ बिमा बोर्ड गठन गरि जनतालाइ सर्बशुलभ तरिकाले स्वास्थ सेवा पुर्याउने उदेश्यले संचालन गरेको भएपनी ज्यादै झन्झटिलो भएको छ । अस्पताल भन्छ “सर्बशुलभ सार्बजानिक अस्पताल लागत भन्दै हामी सार्बजनिक अस्पताल जस्तै हाम्रो सेवा शुल्क बराबर राख्दै उच्च गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्ने बाचा गर्दछौ । अतिरिक्त बितिय बोझ बिना पहुच सुनिश्चित गर्न तिनिहरुको गुणस्तर उल्लेखिय सुधार गर्दै हामी मुल्यको तुलना र उपलब्ध सबै सरकारी स्वास्थ कार्यक्रमहरुलाइ निरन्तर रुपमा लागू गर्नेछौ “। यो अस्पतालले भन्ने कुरा मात्र हो । रु १ लाखमा ५ जना सदस्य भएका परिबारलाइ रु ३५ सय रकममा स्वास्थ बिमाले जोखिम बहन गर्छ भनिएको छ । परिबारमा अरु १ सदस्य थप हुदा रु ७ सय रकम थप गर्दा रु २० हजारको थप जोखिम बहन हुने गरि बिमा गरिन्छ । बिरामी नहुदा त त्यो रकम सरकारले ब्यहोर्नु परेन । एक बर्ष पछि बिमा सकिदा पैसा पनि सकिन्छ । अहिले त अनिबार्य बिमा नवीकरण गर्नुपर्ने छ नत्र जरिवाना लाग्ने छ भनिएको छ । बिमा अनिबार्य गराउने तर बिमा बोर्डले चाहिँ जनतालाइ झन्झटिलो बनाउने कस्तो नीति हो ?
बिमा गर्ने एजेन्टले जति सजिलो गरि बिमा गछ्र्न त्यति सेवा लिने बेलामा त्यो भन्दा धेरै कठिनाइ हुदोरहेछ । तोकिएको अस्पतालमा पहिलो दिन पुग्दा लामो लाइन छिचोलेर गन्तब्यमा पुग्दा धेरै समय लाग्छ । बल्लतल्ल त्याहाँबाट बिमा गरे अनुसारको उपचार कार्ड पाएर संबंधित डाक्टरकोमा पुग्दा त्याहा पनि उतिकै लाइन हुन्छ । त्यो लाइन उभिएर छिचोलेर डाक्टरकोमा पुग्दा धेरै समय लाग्छ । चेकजाँच गरेपछी रगत दिशा खकार पिसाब भिडियो एक्सरे एमआरआइ र अन्य चेकजाँच गर्न भनी रोग अनुसारको विभिन्न स्थानमा पठाउदा त्याहा पनि उतिकै लाइन छिचोल्नु पर्ने हुन्छ । दिन भरिमा जति गरि सकिन्छ त्यति गरेर रिपोर्ट लिन भोलि पर्सि या रोग अनुसार लाग्ने समय अनुसार यति दिनमा आउनु भनी पठाउछ्न । एकपटक काटेको चिट (रसिद) २४ घन्टासम्म मान्य हुदोरहेछ । एक दिनमा एकपटक मात्र दर्ता गर्नुपर्ने र भोलिको लागि फेरि नया दर्ता गर्ने फेरि उतिकै लाइन लागेर दर्ता गरि जुन डाक्टरको जानू पर्ने र डाक्टर भेट्न फेरि लामो लाइनमा बस्नुपर्ने हुन्छ । डाक्टरले हेरेपछी फेरि अन्य ब्लड युरिन एमाआरआइ सिटिस्क्यान इन्डोस्कोपी गर्न उतिकै लाइन बस्दा बिरामी र कुरुवाको हैरान हुन्छ । यो नचाहिदो झन्झट हो । एउटा चिट काटेपछी अर्को चिट बिमाको लागि काट्न नपाइने र जरुरी चिट्नकाट्नु परे पूरा रकम तिरेर चिट काट्नु पर्दो रहेछ । बिमा द्वारा उपचार गर्नेलाइ सरकारी अस्पतालमा मुल्यको १०% रमक र निजि अस्पतालमा २०% लाग्दो रहेछ । निजि अस्पतालले अनेक बाहाना बनाएर बिमा गर्नेहरुबाट घुमाइ फिराइ पूरा रकम लिने गछ्र्न । बिमामा दिइने औषधि करिब ५०% जति नपाइने र नभएको दबाइ बाहिर हाम्रै फार्मेसिमा पाइन्छ भनी त्यही किनेर ल्याउन पठाउदा रहेछ्न । पाइने दबाइ सस्ता सस्ता मात्र राखेर दिदा रहेछ्न र महगा दबाइ लिन आफ्नै फार्मेसीमा पठाइ पनि लामो लाइन बसेर बिल काट्ने अनि फेरि त्यो बिल लिएर औषधि लिन अर्को लाइन बस्नु पर्ने धेरै झन्झटिलो प्रकृया रहेछ । यहाँ बिराट मेडिकल कलेज बिराटनगर अस्पतालको कुरा गर्दा बिमा गरेपनी मोटो रकम लाग्ने औषधि र सेवामा बिमा दिने रहेनछ । यहाँ औशधीको चिट लिएर फार्मेसी जादा सस्तो दबाइ चाहिँ छ भन्ने र केही दिने र महंगो दबाइ बिमामा छैन भनी पुरै पैसा लिने गछ्र्न । यता बिमाबाट कुन औषध पाइने र कुन नपाइने बिमा गर्नेलाइ एक्किन नहुँदा अस्पतालको मनपरी हुदो रहेछ । अस्पतालले जे भने पनि पत्याइदिनुपर्ने बिमा गर्नेको बाध्यता छ । कर्मचारीले पनि सेवाग्राहिसंग झर्को मान्ने , राम्ररी नभनिदिने दोहो¥याए सोधे रिसाउने गर्छन । पाइने नपाइने थाहा नभएपछी दिन भर लाइनमा बसेर अन्तमा सबै दबाइ छैन भन्छ्न । यो दबाइ छैन भन्नू सुनियोजित हो । बिमा गर्नेलाइ ठग्ने हो । अस्पतालमा सिटिस्क्यान , एमआरआइ जस्ताकोमा लाग्ने औषधि बिमामा पर्दैन भनी मोटो रकम लिदा रहेछ्न । पेटबाट पिसाब निकाल्ने (ट्यापिङ्ग भन्दा रहेछ्न ) र केही ल्याबमा पठाउन नमुना निकाल्ने र त्यही बेला पेटबाट पानी निकालेर फाल्न लाग्ने रकम ५५०० लिदा रहेछन । त्यो पिसाबको नमुना ल्याबमा चेक गर्दा पैसा लिदा रहेछ्न । ५५०० लिइसकेपछी फेरि किन ल्याबमा पैसा लिनु ? त्यो ५५०० चाहिँ लुटेको हो भन्न सकिन्छ । यसरी निजि अस्पतालले आफुखुसी दरभाउ राखेर कतिन्जेल लुट्ने हो ? यसलाइ नियन्त्रण गर्ने कुनै निकाय छैन ? हामिसंग यसरी लिएको पैसाको बिल सुरक्षित छ । सरकारले बिमा गरेजस्तो बाहाना गरेर दुख दिने बाहेक अर्को फाइदा देखिएन । बिरामी मानिस बिमा अनुसार उपचार गर्न अस्पताल जादा अस्पतालको झन्झटिलो प्रणालीले थप बिरामी हुने देखिन्छ । यश बारेमा जानकारी लिन अस्पतालका प्रसासन प्रमुख प्रमेश राज देबकोटालाइ सोधेको थिए । उनले भन्दैथिएकी “ यो बिमाको कामले हामिलाइ खासै फाइदा हुदैन । बिमा बापतको रकम बिमा बोर्डले हामिलाइ मोटो रकम एक बर्षदेखिको अझै दिएकै छैन । ब्याज कसरी तिर्ने । हामिलाइ मेडिकल कलेज भएकोले बिमा हुदा बिरामिको फ्लो बढी हुनाले कलेज चलाउन चाहिँ सजिलो भएको छ “। तर उपचारको जिम्मेवारी लिएपछी अस्पताल अनेक बाहाना देखाएर पछि सर्न पाउदैन । घाटाको ब्यापार हो भने छोडिदिए राम्रो हुन्छ । बिरामिले हरेक ठक्कर र हन्डर खादै लगभग एकै दिन लाइन ६÷७ पटक लामो लाइन बस्नुपर्दो रहेछ । बिमाबाट दिइने फार्मेसिमा धेरै कम औषधि राखिदो रहेछ । यसरी झन्झट हुनेहुदा यसरी लाइनमा बसेर हैरानी खेप्नु भन्दा निजि अस्पतालमा पैसा तिरेर उपचार गर्न जान बाध्य पार्दा रहेछ्न । यसरी झन्झटिलो प्रकृया अपनाउदा उहीँ मेडिकल माफियाहरुलाइ फाइदा पुर्याउने गछ्र्न । केही झन्झटिलो पार अनि हाम्रोमा आउदा तिमिहरुलाइ कमिशन दिन्छौ त भनेका हुदैनन ? यसरी बिमा गरिदिएको छु भनेर जनतालाइ मुर्ख बनाइ दुख कष्ट दिनु भन्दा उपचार प्रकृया सहज तरिकाको बनाइदिए जनताले बिमा गरेर राम्रै उपचार पाएको महसुस गर्थे । अहिले फेरि सरकारले २ लाख पुर्याउने भनिरहेको छ । १ लाख नै दिन नसकेर अस्पतालले गुनासो गरिरहेका छ्न ।