सरकारले सामाजिक सञ्जाल चलाउन रोक लगाए पछि आक्रोशित बनेका जेनजी पुस्ता (२८ वर्षभन्दा कम उमेर समूह) ले भोली काठमाडौँमा विरोध प्रर्दशन गर्दै छन् ।
उनीहरुले भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाएको रोकको विरोध गर्दै छन् । विरोध प्रर्दनका लागि आज उनीहरु अनुमति माग्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । उनीहरुले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति मागे पनि प्रशासनले सोमबार जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जनाए । प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ ।
भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् । २८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ ।