जेन–जी आन्दोलन पश्चात गठन भएको शुसीला कार्कीले नेतृत्व गरेको अन्तरीम सरकारलाई यहाँहरुको पार्टी राप्रपाको समर्थन छ कि छैन ?
जेन-जी आन्दोलन पश्चातको अवस्थाको समिक्षा गर्न हाम्रो पार्टीको केन्द्रीय कार्य सम्पादन समितको बैठक बस्दै छ ।बैठले सरकारलाई हेर्ने पार्टीको आधिकारीक धाणा तय गर्ने छ । सरकारलाई समर्थन गर्ने , नगर्ने वा सर्तसहित गर्ने जस्ता विषय केन्द्रीय कार्य सम्पादन समितको बैठकले निर्णय गर्छ, त्यस पछी आधिकारिक धारणा सार्वजनिक गर्ने छौ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने अन्तरीम सरकारको नेतृत्व गरि रहनुभएकी पुर्व प्रधानन्यायधीश शुसीला कार्की क्षमतावान कानुनबिद् र आमा पुस्ताको व्यक्ति हुनुहुन्छ । एउटी असल र क्षमतावान आमाले जसरी परिवारका सबै सदस्यलाई समान माया गरेर परिवार चलाउछिन त्यस्तै गरी उहाँले सबैलाई माया गरेर देश चलाउनुहोस् । समयमा निर्वाचन गराउनु होस् भन्न चाहन्छु ।
संसद बिघटन पछि बिघटित संसदमा रहेका प्रमुख दलहरुले त संसद बिघटनको बिरोध गरेका छन् यहाँहरुको पार्टीले संसद बिघटनको समर्थन गर्दछ कि बिरोध ?
हामीले त बिघटित संसदले जनताको भावना अनुरुप काम गर्न सकेन भनेर भन्दै आएका थियौ । संसदमा हाम्रो पार्टीका माननीयहरु अध्यक्ष माानिय राजेन्द्र लिङ्देन , माननियहरु ज्ञानेन्द्र शाही , धवलशमशेर राणा, बिक्रम पाण्डे, दिपक बहादुर सिहले भष्टचारीलाई कारवाही र शुशासनको मुद्धा निरन्तर उठाउदै आउनुभएको थियो । सत्तामा बस्नले त्यो आवाज सुनेनन् । जेनजी आन्दोलन पछि पार्टीले सबै सांसदलाई सांसद पदबाट राजीनामा गर्ने भनि सकेका थियो । त्यसैले जनताको पक्षमा काम गर्न नसक्ने संसद बिघटन हुन् स्वागत योग्य छ ।
जेन-जी आन्दोलनको समग्रमा बिश्लेषण कसरी गर्नुहुन्छ ?
जेन-जी आन्दोलनका क्रममा युवाहरुले जुन भाव व्यक्त गरे त्यो स्वागत योग्य छ । उनीहरुको बिकसित चेतना र बिद्रोहको स्वागत गर्दछौ । त्यस्तै सुशासन र भ्रष्टाचारको बिरोधमा जेन-जी पुस्ताहरुले जुन ऐजेण्डा उठाए , मुद्धा उठाए त्यसमा ऐक्यबद्धता र समर्थन थियो र अहिले पनि छ ।
अर्केा तर्फ सरकारले जेन-जी पुस्ता भन्नु वा युवा बिद्यार्थीहरुको आन्दोलनमा जुन खालको क्रुर र बरबरता पुर्वक दमन गर्यो ,त्यो अत्यन्त निन्दनिय छ । स्कुल पोशाकमा आन्दोलनमा सहभागी भएका ति कलिला बालबालिका र युवाहरुको जसरी हत्या भयो, ताकि–ताकि टाउको र छातीमा अन्धाधुन्द गोली हानीयो त्यसको जती भत्सना गरे पनि पुग्दैन । आन्दोलन दमन गर्न आदेश दिने, ताकीताकी गोली हान्ने सबैलाई कारबाही गर्नुपर्छ, न्यायीक कठघरामा उभ्याउनु पर्छ । त्यस्तै आन्दोलनको दोस्रो दिन जेनजी आन्दोनमा घुस पैठ गरेर सरकारी र सार्वजनिक सम्पती, सांस्कृतिक र पुरातात्विक सम्पति र सम्पदा तथा व्यक्तिका निजी उद्योग र उद्यमीहरुका घर तथा उद्योगमा जसरी तोडफोड र आगजनी गरियो त्यो अत्यन्त निन्दनिय र भत्सना योग्य छ । त्यसको हामी घोर भत्सना गर्दछौ । अहिले बनेको सरकारले यी घटनाको छानबीन गरी दोषी, अपराधी र घुसपैठियाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ भन्न चाहन्छौ ।
पछिल्लो परिस्थीति पछि राप्रपा अब कसरी अगाडी बढछ ?
अब छिट्टै हाम्रो पार्टीको केन्द्रीय कार्य सम्पादन समितीको बैठक बस्छ, सो बैठकले अहिलेको समग्र अवस्थाको बिश्लेषण गर्दै भावी कार्य दिसा तयार गरेर हामी अगाडी बढ्द छौं ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेपालमा धेरै पटक धेरै आन्दोलनहरु भए, तर जेनजी पुस्ताले गरेको जस्तो आन्दोलन न पहिले भयो न पछी नै हुनेछ । यस्ता आन्दोलनहरु एक युगमा एक पटक मात्र हुने गर्दछन । त्यस्तै आन्दोलन यो पटक भयो । जसले बर्षौबर्ष देखी राज्य सत्ताको दोहन गरेर किर्ना जस्तो ढाडिएर बसेका भ्रष्टाचारी व्यक्ति र तिनहरुको सरकार राज्य सत्ता सधैको लागी ढाल्न सफल भएको छ।
जेन-जी पुस्ताले खोजेको, चाहेको जस्तो, भ्रष्टाचारको अन्त्य गरेर, सुशासन कायम गर्न नवगठित सरकार सफल होस, जनताले स्वास्थ्य शिक्षा निशुल्क पाउन, नेपालमा नै रोजगारको ग्यारेण्टी होस् । बिदेश जानुपर्ने अवस्थाको अन्त्य होस अनि मात्र आन्दोलनको क्रममा बिरगती प्राप्त गर्नुहुने सम्पूर्ण महान विरशहिदहरुको सपना साकार हुनेछ ,शहिद प्रती सच्चा श्रद्धान्जली हुनेछ । त्यस्तै आन्दोनमा घाईते अपांङ्ग हुनुहुने उपचारको क्रममा रहनुभएका सबैको नि:शुल्क उपचार गरियोस्, सबैलाई उचित क्षतिपुर्ति दिईयोस्, आन्दोलनको क्रममा शाहदत प्राप्त गर्नुहुने सबैलाई शहिद घोषणा गरियोस्, भन्दै अन्त्यमा महान विर शहिद प्रती भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गदर्छु।