skip this काठमाण्डौं महानगरपालिका ११

जेन—जी आन्दोलनमा सहादत भएकाप्रति दिपप्रवजलन तथा श्रद्वाञ्जली सभा

कीर्तिपुरमा लोकल युथ नेपालको आयोजनामा जेन—जी आन्दोलनमा सहादत हुनुभएका बीर शहिदहरूको आत्माको चीर शान्तिका साथै घाइतेहरूको शिघ्रस्वाथ्य लाभको कामना गरि दिपप्रवजलन तथा श्रद्वाञ्जली सभा गरिएको छ ।

गत सोमबार कीर्तिपुर नगरपालिका वडा नं। १ बाघभैरव मन्दिर नजिकैको प्रजादबूमा आयोजित दिप प्रज्वलन श्रद्धाञ्जली कार्यक्रममा स्थानीयहरू तथा युवाहरुले बाक्लो उपस्थिति जनाइएको कार्यक्रममा बीर सहिदहरूको उच्च सम्मानका साथ एक मिनेट मौन धारण बसेको थियो ।

लोकल युथ नेपालका अध्यक्ष रबिन महर्जनले कीर्तिपुरको टाउन प्लानिंगमा निघार्त कुतपिटको घटना सामाजिक सञ्जाल मार्फत बाहिरिएको बताउँदै उनले देश अहिले जटिल अवस्था रहेकोले हामी सबै मिलेर आ—आफ्नो सुरक्षा आफैले पर्ने धारणा राखे ।

गत भाद्र २३ गते, भाद्र २४ गते भएको जेन—जीको आन्दोलन शान्तपूर्वक अगाडि बढिरहेको भिडमा गोली प्रहारबाट ७२ जनाले सहादत प्राप्त भएको मध्ये कीर्तिपुर नगरपालिकाकाका विपिन तामांगसमेत रहेको थियो । नेपाली राजीनितिमा सुधार हुनु पर्छ, देश भष्ट्राचार मुक्त हुनु पर्छ भन्ने ध्येयका आधारमा आन्दोलन सुरु युवाहरु विदेश पलायन हुन नपरोस् गरि खाने हात देशमै दश नंग्रा खियाउन पाओस् भनेर जेएन—जी आन्दोलनको शुरुवात भएको थियो ।

कार्यक्रम संचालक सरिस महर्जनले बीर शहिदको रगत शुक्न नपाओस्, अहिले भखर्रै प्रधानमन्त्रीको कार्यकाल सफलताका साथै आगामी फागुनमा हुने चुनाव सफलता पूर्वक सम्पन होस् भनेर कामना गरे ।

उनले थप्दै भन्नु भयो ‘आइ हेट पोल्टिक्स भन्दा पनि आई क्लिन पोल्टिक्स भनाईका साथ अगाडि बढ्नु पर्ने धारणा राखे । आगामी चुनावमा उठ्ने उम्मेदवारहरुको पुर्ण जानकारी लिएर, सम्पत्ति बिबरण लिनुपर्ने जसबाट भष्ट्राचार उन्मुलन हुने आशा व्यक्त गरे । साथै आगामी चुनावमा मासु भातमा नभई असल नेता चुनेर जिताएको खण्डमा हाम्रो देश विकास हुने जनाउँदै कार्यक्रम सम्पन्न गरे ।