skip this काठमाण्डौं महानगरपालिका ११

उच्च विन्दुबाट घट्यो सुन मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ। सुनको भाउ अघिल्लो दिनको २ लाख २३ हजार रुपैयाँबाट १७ सय रुपैयाँले घटेको छ। चाँदीको भाउ पनि प्रतितोला २७ सय रुपैयाँबाट १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा झरेको छ। ९ असोज, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ रहेको चाँदी आज २६८५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।