skip this काठमाण्डौं महानगरपालिका ११

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्नुपर्ने माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकको समूहगत छलफलमा केन्द्रयि समिति सदश्यहरुले मौजुदा केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मूल प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको पूरक प्रस्तावमाथि भएको छलफलको क्रममा उनीहरूले सो कुरा बताएका हुन् ।
१० वटै समूहमा अधिकांश नेताहरूले प्रचण्डकै नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने सुझाव दिएको एक नेताले बताए । ‘केन्द्रीय समिति विघटन गरी प्रचण्डको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने बिचार टोली नेताहरूले सुनाएका छन् । प्रचण्ड मात्र होइन सबै नेताहरू रूपान्तरण हुनुपर्छ भनेर अधिकांशको सुझाव आएको छ ।

बैठकमा कोसीबाट अजम्बर काङमाङ, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्रबहादुर शाहीले समूहगत निष्कर्ष सुनाएका थिए ।

यसैगरी सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत निष्कर्ष सुनाए ।