पहिले छोराछोरी घर आउँथे, बाबुआमा कुर्थे आँगनमा,
अहिले बाबुआमा पुग्छन् सन्तानको झिलिमिली सहरमा।
दशैंको यात्रा उल्टिएको छ, भावनाको बाटो हराएको छ,
किनभने संघर्षको भीडमा दशैंले आफ्नो पहिचान गुमाएको छ।
खै के भनु सुट टाई भित्र दौरा सुराल धुरु धुरु रोइरहेछ,
मम्मी ड्याडि लबज भित्र आमा र बालाई उकुसमुकुस भैरहेछ।
बाजेको हातको टीका, अब त मोबाइलमा म्यासेन्जर बाटै पाइन्छ,
अब पिङको ठाउँमा पार्क छ, अनि रमाइलोगर्ने शैली फेरिएको छ।
बडा दशैंको माया अझै बाँकी छ, तर रूप बदलिएको छ,
संस्कारको गीत पुरानोनै छ, तर ताल नयाँ बजाइएको छ।
नातेदारको भिड घटेको छ, सन्देशमा शुभकामना छ ,
टिका थाप्न लाइन छैन, अब भिडिओ कलमा दशैं छ।
दशैंको आत्मा हराउदै छ, भौतिकताले छोप्तई छ,
हाम्रो संस्कृतिक गहिराईलाइ आधुनिकताले लेप्तई छ।
मेरो मनको कुनामा अझै त्यो बाल्यकालको झल्को छ,
तर आत्मीयताको साघु दशैं, अब फगत एक उत्सब भएको छ।
के गर्नु अलमलमा छु, आजकल मेरो बडा दशै यस्तै यस्तै छ,
छोरा छोरीले दशैं भनेको केहो भनि सोधेभने, खोइ केचाहि भन्नु ?
के गर्नु अलमलमा छु, आजकल मेरो बडा दशै यस्तै यस्तै छ।