शारदा र उनका श्रीमान् जनक डिल्लीबजारको एउटा अपार्ट मेन्ट मा बस्थे। शारदा युयन अफिसमा काम गर्थिन। जनक एउटा एनजीओ मा काम गर्थे। जनकले अध्ययन गर्न ओहायो स्टेट युनिवर्सि टिमा भर्ना पाए। शारदाको सपना थियो – एक दिन अमेरिका पुग्ने, घरमा भनेकी थिइन्, “ म अमेरिका गएँ भने, केही महिना भित्रै मपनि त ‘हाइफाइ’ भएर फर्कन्छु।” उनको सपना पुरा भयो। भिषा लागेपछि टोलमा हल्का भोज पनि भयो। सबैले भने, “अब त शारदा अमेरिका पुगेपछि के कम! अमेरिकाको खानेकुरा, गाडी, अग्ला घरहरू अनि केके केके- फर्के पछि !”
जनकले ५ बर्ष मा आफ्नु अध्ययन सिध्याए र जमैकाको युनिभर्सिटिमा काम पाए। शारदा वेल्स फार्गो ब्यांकमा काम गर्थिन। जनक जमैका गए तर शारदा छोरी संग ओहायोमा नै बसिन। समर ब्रेक, क्रिस्मस ब्रेक, अ इस्टर ब्रेकमा जनक परिबार भेट्न आउथे।
शारदा अमेरिका आएको आज बाह्र वर्ष बितेछ । ओहायोको सानो टाउनमा अब उनलाई “नयाँ” भन्ने चलन हटिसकेको थियो। आफूलाई अहिले उनी “स्थापित” मान्छिन्। तर पहिलो हप्ताको याद अझै ताजा छ। नेपालबाट आउदा संगै काम गर्ने साथीले उनकी साथी सुसनलाई एउटा पार्सल पठाएकी थिइन् शारदा संग। सुसनले पार्सल दिन जाँदा सुसनले भनेकी थिइन्, “वि ह्याब सम् एक्स्ट्रा किचन स्टफ फर यू !वि वेर गोइङ्ग तु डोनेट दिज तु गुडविल। शारदाले सोचिन् – “हाम्रो त परम्परा केहो भने घर भित्र ल्याउने सबै चिज नयाँ हुनुपर्छ। अरूको थोत्रा लिएर घर सजाउने? त्यो त हाम्रो संस्कृतिको अपमानजस्तै हो!”त्यसैले उनले विनम्रता पूर्वक मुस्कान सहित् स्पष्ट रूपमा भनिन् – “नो थ्यांक्स – वि ह्याब इनफ़ “। हामी पुराना भाँडा प्रयोग गर्दैनौँ।अनि मनमनै आफैलाई भनेकी थिइन् – “सुन है! म अमेरिका आएको पहिलो दिनदेखिनै नेपाली ‘कल्चर’ बिगार्ने होइन नि !”
‘इट इफ यू लाईक ’ र भोकै फर्किएको साँझ
त्यसपछि आयो सेप्टेम्बरमा लेबरडेको बारबेक्यु। ओहायोमा संगै कामगर्ने साथि डेबिले प्रेमपूर्वक निम्तो दिएकी थिइन् – “शारदा कम फर लेबोर डे सेलेब्रेसन – वि विल ह्याब चिकेन, पोटेटो ,हट डग, पाई एंड चिप्स। ” सुशिला पहिलो लेबोर डे पार्टिको लागि एक्साइटेट थिइन्।
शारदा सजिएर पुगिन् – कपडा नेपाली, बाक्लो मेकअप अमेरिकी।तर खाना? पोलिएको चिकन, सलाद र स्याउको रसमलाइ सम्झाउने एपल पाई, आलु चिप्स अनि फलफूलहरु । अनि सबैजना आफ्ना-आफ्नै प्लेट लिएर टाढा-टाढा बसेर खाइरहेका ।डेबिले सुशीलालाई भनिन् – “प्लिज इट इफ यु लाईक !”
शारदा छक्क परिन !“इफ यु लाईक ?”नेपालमा त यस्तो हुँदैन। त्यहाँ त तिमीले खानेछौ खान बोलाएको घरमा – – तिमीलाई खुवाइन्छ! सुशीलाले केहि खाइनन्। एकछिन गफ गरिन , पानि पिएर भोकै घर फर्किइन्।राति १० बजे, फ्रिजबाट बाँकी बासि भात र तरकारी निकालेर माइक्रोवेवमा ताताइन्। मनमनै भनिन – “ठीकै छ। आफै खाएको बेस!”
किचेनबाट राजनीति
तर त्यस दिनपछि शारदा बदलिन थालिन्।उनको भान्सा अब राजनीति बन्न थाल्यो। खाना खुवाएर उनले आफ्ना ‘फलोअर्स ‘ बनाइन् – ओहायोमा छरिएका नेपाली विद्यार्थी, एकल जीवन बिताउने कामदार केटिहरु, र भोकाएका “बाह्रौं ग्रेड” का नानीहरू।“शारदा दिदीको खाना!”त्यो वाक्य अब अमेरिकी ओहायोको नेपाली समुदायमा ‘ब्राण्ड’ बनिसकेको थियो।
उनले राम्रो पकाउँछिन् – त्यो कसैले नकार्दैन।तर अचम्म के छ भने, कसैले सोध्यो भने रेसिपी, ऊनले युट्युबको लिंक पठाउँछिन्!“यी हेर्नुस्, म पनि यही हेरेर सिकेकी,” भन्छिन्।
तर वास्तविक झोलको स्वाद, मसला मिलाउने ‘टाइमिङ्ग ‘, अनि पाक्ने क्रममा गरिने गुप्त रहस्य – ती त उनी लुकाउँछिन्।किनभने – ‘नेतृत्व’ भन्नु नै स्वादमा प्रभुत्व जमाउनु हो।”
घर भित्रको अमेरिका
शारदाको आफ्नै घरमा अब परम्परा हेर्न पाइँदैन।उनका छोराछोरी अंग्रेजीमा ‘मम ’ भन्छन्।खाना बनाउने बेला भन्छन् –“मम आइ विल जस्ट वाच ए युट्युब भिडिओ। इट इज फास्टर। ” शारदा एकछिन हेरिरहन्छिन्, अनि भन्छिन् – “ठीकै छ, तर बेसार चाहिँ अलि बढी हाल्नु नत्र अचार कुकुरले छादेको जस्तो देखि न्छ।”
तर उनले कहिल्यै सीधा सिकाउँदिनन्।उनका बच्चाहरू आमाले बनाएको खाना खान्छन्, तर बनाउने कला उनीबाट होइन – इन्टरनेटबाट सिक्छन्।
एक दिन बुहारीले भनिन् – “म आलूको आचार बनाउन सिक्न चाहन्छु मम ।” सिकाइदिनुन।
शारदा मुस्कुराइन , अनि एउटा ब्लगको लिङ्क पठाइन् –“त्यो पढ्नु, ठ्याक्कै मेरो जस्तो हुन्छ।”
तर त्यो ‘ठ्याक्कै’मा मिसिंग थियो – त्यो आत्मा, त्यो ‘ तातो ग्यास चुल्हो’ न थियो, न त्यो अनुभव।
सफलता कि स्खलन?
आज उनी घरमा स्याडूल बिना आउने नेपाली’लाई मन पराउँदिनन्।“पहिला म्यासेज गर्नुपर्छ! हामी ब्युजी हुन्छौं!” भन्छिन्।उनको भान्सामा पाक्ने खाना ओहायोमा लोकप्रिय, नेपाली स्वादमा डुबेको।तर संस्कृति?संस्कार?
मानिसहरू भन्छन् – “शारदा दिदी त रोल मोडेल हुन्!” तर कोही-कोही भन्छन् – “उहाँको घर त अब नेपालजस्तो छैन। गन्ध मात्रै बाँकी छ नेपालको ।”
शारदा न अमेरिकन बनिन्, न पूर्ण नेपाली नै रहिन्।उनी बीचमा अडिएकी छन् – जहाँ पर्सनल ब्राण्ड त बनेको छ, तर संस्कृति ‘सब्स्क्राइब’ मा सीमित छ।आज उनी आफूलाई सफल ठान्छिन्। र पनि कहिलेकाहीँ – भान्सामा एक्लै खाना पाकाउँदा, चुपचाप खानाको बासना लिदै , माइक्रोवेभको आवाजसँगै उनलाई लाग्छ –“म अमेरिका त आए , तर नेपाल के ममै छ त?”