skip this काठमाण्डौं महानगरपालिका ११

मन्त्री पुनले भने- बेथितिबारे अनुसन्धान गर्दैछु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले दसैंमा पनि शिक्षकहरूलाई तलब नदिएको गुनासोपछि बेथितिबारे अनुसन्धान गरिरहेको बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले बेथितिबारे अनुसन्धान गरिरहेको बताएका हुन्।

‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु,’ उनले लेखेका छन्।

दसैं, तिहार र छठ पर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती गरेको भन्दै मन्त्री पुनले आफूलाई फोन आएको बताएका छन्।

मन्त्रालयबाट तलबका लागि पालिकालाई बजेट पठाइसकेको पनि उनले बताए। ‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेसबाट आएको छ। वर्ष दिनमा आउने दसैं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो। शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ,’ उनले फेसबुकमा लेखेका छन्।