कांग्रेसका निवर्तमान सांसदहरूले फिर्ता गर्न थाले रातो पासपोर्ट

नेपाली कांग्रेसका निवर्तमान प्रतिनिधि सभा सांसदहरूले रातो राहदानी फिर्ता गर्न थालेका छन् । सांसदको हैसियतले सुविधाका रूपमा प्राप्त भएको रातो पासपोर्ट फिर्ता गरिएको निवर्तमान सांसदहरुले बताएका हुन् । संघीय संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाउनका लागि रातो पासपोर्ट फिर्ता गरिएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव मिति तोकेको छ ।