काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तालिका हेरफेर भएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । आज गर्ने भनिएको छलफलमा
सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए ।
यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।


















