नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पतनको सुरुवात गरेको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेर बालेन शाहले सरकारमाथि कडा दबाब दिएको, ओली–लेखकलाई पक्राउ, दुर्गा प्रसाईं नियन्त्रण र गृहमन्त्री अर्याललाई हटाउने माग राखेको भनिएको खबर सत्य हो भने यो कदमले बालेनको राजनीतिक छविमा ठुलो क्षति पुर्याउने चेतावनी दिए।स्थानीय निकायको जिम्मेवारी बोकेको व्यक्तिबाट प्रधानमन्त्रीमाथि दबाब र धम्कीको राजनीति हुनु संवैधानिक मर्यादामै प्रश्न उठाउने बताए ।
विदेशी डिजाइनको खेलमा मतियार बन्ने जोखिम बालेनले लिए भने उनी स्वयं ‘लुसिफर’को भूमिकामा प्रवेश गर्ने गल्ती गरेर अन्ततः आफ्नै पतनको सुरुवात बन्न सक्ने संकेत गरे।


















