वीरङ्गना नारीको सिउंदो रक्षाका लागि सिदुर अप्रेशन शुरु गर्ने उद्घोष

राष्ट्र संरक्षण मिडिया (Save the Nation Media)ले २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरे मात्र नेपालमा शान्तिः सदभाव विकास र समृद्धि हुने दाबी गरेको छ ।

राष्ट्र संरक्षण मिडियाले आज राजधानीमा पत्रकार सम्मेलन गरि सो कुराको दाबी गरेको हो । राष्ट्र संरक्षण मिडियाका एवराज आचार्यले यदि सवपक्षीय सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरेर प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा भएन भने सहीदको विरता र बलिदानीको रंग नेपालको राष्ट्रिय रंग सिम्रीक भएझै नेपाली विरगना नारीको सिउंदो मर्म रक्षाका लागि शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट सनातन सिदुर अप्रेसन शुरु गरिने चेतावनी समेत दिनुभयो । राष्ट्र संरक्षण मिडियाका अध्यक्ष डा के पी सम्राटले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका प्रेस सल्लाहकार महेशजंग कुवंरले गर्नुभएको थियो । कार्यक्रममा सम्पादक प्रताब राना ,शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबा र दुर्गाकालीमाता सपना खड्गीको बिशेष उपस्थीति रहेको थियो ।

पत्रकार सम्मेलनमा राष्ट्र संरक्षण मिडियाका प्रेस सम्मेलन संयोजक एबराज आचार्यले प्रेस विज्ञप्ती बाचन गरि पत्रकाले राखेका जिज्ञासको जवाफ दिनुभएको थियो । प्रेस बिज्ञप्तीको पूर्ण पाठमा यस प्रकार छ । सर्वप्रथम गत भाद्र महिनाको २३ र २४ गते भएको अकल्पनिय आन्दोलनमा ज्यान गुमालउने नेपाल आमांका सनातनी ऐतिहासीक सहिदहरुप्रति नमन गर्दै त्यस्ता सहिदहरुलाई जन्म दिने मातापिता र सिंगो परिवारलाई धैर्यधारण गर्ने शक्ति आरद्यदेव भगवान श्री पशुपतिनाथले प्रदान गरुन् भन्ने सनातनी शहिदहरुको आत्माने चीर शान्तिको कामना गर्दै त्यसैक्रममा घाइते भएका सबैप्रति शिघ्र स्वास्थ्यलामको कामना गर्दछौ ।
विगतमा नेपालमा हुदै आएका फरक फरक आन्दोलन र क्रान्तिभन्दा गत भाद २३ र २४ गते को नरसंहार र बिधंश नियोजित तरिकाबाट हाम्रा सनातनी कलिला युवा विद्यार्थी भाईबहिनीहरुलाई ढाल बनाई आफ्नो लक्ष परिपूर्तिका लागि प्रयोग तथा उपयोग गरिएको कुरा यथार्थता छ। यस्तो परिस्थिति सृजना गरिनुमा २०७२ सालको लगडो संविधान कारकतत्व भएको कुरा तमाम नेपाली समुदायमा ज्ञात भएकै कुरा हो। किन की २०७२ सालको संविधान यस्ता अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएको थियो। यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आईरहने साथै यसै संविधानको आडमा कुशासन, भ्रष्टाचार र दण्डहिनता अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाईरहेको कुरा सर्वविदितै छ। किन कि २०७२ सालको संविधान अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा हामी सबै माझ स्पष्ट छ।

यस्तै दुर्घटना निम्त्याउने तत्वहरुले मुलुङको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै। यी र यस्तै कार्यले गर्दा अनिवार्य रुपमा २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरेमात्र यो देशमा शान्तिः सदभाव विकास र समृद्धि हुने छ भन्ने हाम्रो ठहर छ। वर्तमान साविधान पूर्ण रुपमा असफल भईसकेकोले दलहरुले निर्वाचनमा गठबन्धन गरी फेरीपनि लुटतन्त्र भ्रष्टाचार दलीय तानाशाही प्रबृती हुनेहुँदा वर्तमान सरकार आन्दोलनबाट निर्माण भएकाले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचन तोकेको र सो निर्वाचनमा गयो भनेदेखि फेरी उनै कुतत्वहरुको राज हुनेमा हुने दुईमत रहेन। यस्तै हुने हो भने मुलुक पुन द्धन्दको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ।
निर्वाचन आयोगमा दताभएका राजनीतिक दान ५१ प्रतिशतले बाहिस्कार गरेमा तोकिएको मितिमा हुनुपर्ने निर्वाचन स्वतः वाहिस्कार हुनेमा पनि दुईमत रहेन ।

त्यसैले राष्ट्र जोगाउनुकासाथै भाईचारा नाताको सद्भाव कायम गरी दीर्घकालीन विकास र समृद्धिमा जानका लागि राष्ट्रिय सहमतिको सर्वदलीय सर्वपक्ष सरकार गठन गरी २०७२ सालको सबिधान संशोधन गर्नुपर्ने हाम्रो भनाई छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग भनेको ५वर्षसम्मको स्थिर सरकार चलाइ मुलुकलाई समृद्धिको बाटोमा लानका लागि आवश्यक भएको पनि सर्वपक्षमा जानकार नै छ।

जसले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको विरोध गर्दछ त्यो नै समग्र मुलुकको विकासको बाधक हो भन्ने हाम्रो बुझाई छ। सर्वपक्ष र सर्वदलीय सरकार गठनका लागि वार्ताबाट समाधान खोजिनु नै न्यायोचित हुने छ। यदि सवपक्ष सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन र राष्ट्र घोषणा भएन भने सहीदको विरता र बलिदानीको रंग हाम्रो राष्ट्रिय रंग सिम्रीक भएझै हाम्रा विरगना नारीको सिउंदो मर्म रक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट सनातन सिदुर अप्रेसन शुरु गरिने छ ।

जसबाट बिना रक्तपात सनातनीहरुको रक्षा गर्नका निम्ती मातृशक्ति अगाडी बढ्नु पर्दछ। हामीलाई अवगत छ कि आज सनातनी आमाको कोख रित्तिएको छ। सिउदोको सिदुर पुछिएको छ। त्यसैलाई मध्येनजर गर्दै भोलिका दिनमा कुनै पनि सनातनी मात्रीशक्तिको आँखामा आशु देख्न नपरोस् र यो देशको माटोको रक्षाका निम्ती सनातनी मातृशक्तिको सिउदोको रक्षा हुन जरुरी छ । हिजो कयौ नहोस् । यसैलाई मध्येनजर गर्दै देशमा सुशासन शान्ति कायम गर्नका निम्ती वातांब्याट नै समाधान खोज्न सर्वपक्षीय र सनातनी मातृशक्तिको कोख रित्तियो भने कयौको सिउदोको सिदुर पुछिएको कुरा सर्वविदितै छ । हामी चाहन्छौ कि पुःन यस्तो नहोस ।

यसैलाई मध्यनजर गर्दै देशमा शुशासन र शान्तिकायम गर्नका निम्ती बार्ताबाट नै समाधान खोज्न सर्वपक्षीय र सर्वदलीय राष्ट्रिय सहमतिको सरकार गठन गरी २०७२ को संविधान संसोधनसहित मुलुकलाई प्राचीनकालीन वैदिक सनातननिए घोषणा गरी निकास दिएन भने हामहरूले विभिन्न चरणमा वाद्य भएर सनातन सिदुर अप्रेसन गर्ने तयार छौ । त्यसको जिम्मेवारी सरोकार पक्षले लिनु पर्ने छ। किनकि हामी सनातनीहरु अब टुलुटुलुहेरेर बस्नेवाला छैनौ । आज हाम्रा धेर्यताको बांध फुटिसकेको छ।

We request do not play cat and mouse becaus the mouse knows al tracks below the grouund likewise the Sanatani knows all te becaution and those who are agains them do no not win always they are in total ingnorence

हामीले चाहेको व्यवस्था भनेको प्राची नकालीन वैदिक सभ्यताको सनातन राष्ट्रको निर्माण हो । जसमा हरेक मातृशक्तिको ५१ प्रतिशत अधिकार सुनिश्चित गर्नु हो। यदि यहि संविधान र यहि व्यवस्था रहिरहने हो भने मुलुकका लागि बलिदान दिने ति शहिदहरुको रगतले पिरोली फेरी पनि नरसंहार भई रगतको खोलो बग्ने कुरा छलंगै छ। यसैलाई मध्येनजर गर्दै हामीले हरेक नेपालीलाई जोगाउँनका निम्ती र यो मुलुकको माटोको रक्षाका निम्ती सनातन अप्रेसन शुरु गर्नु वाद्यता छ। जसको मूल उद्देश्य भनेको सनातनी मातृशक्तिको सिउदोको सिदुरको रक्षा गर्नु हो। यदि सिउदोको रक्षा भयो भने मात्र देशको रक्षा हुने छ। जसको फलस्वरुप सनातनी फुटाउ र राज गर भन्ने अभान्वित तत्वहरु परास्त हुने छन्।

The Sanatani are the sleeping lions do not understimate us now we already wake up. We shall not rest untill we achieve our goal of reviving our glorious Sanatan civilization that has transform the whole world over the ages.

हामी यहाँहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि जसले विभिन्न राजनीतिक दलमा रहेर स्थानिय तहदेखि केन्द्रॉसम्म देशलाई आफ्नो क्षणिक स्वार्थका लागि खरानी बनाई ७६ जना सनातनीको रगतबाट होली खेलेका छन् । साथै २४ सय जना घाइते बनाइएको छ। त्यस्ता व्यक्तिहरुको इन्टलएक्यूयल साथीहरुको प्रतिवेदन आउने वित्तिक्कै पत्रकार सम्मेलनमार्फ सार्वजनिक गरी त्यस्ता व्यक्तिलाई राजनीतिक तथा सामाजिक क्रियाकलापमा प्रतिबन्ध लगाउन जस्तोसुकै मून्य चुकाउन पनि पछि हट्ने छैनौ। यदि कुनै राजनीतिक दलले त्यस्ता कुपात्रलाई संरक्षण गरेमा हामीले वाद्य भएर त्यस्ता राजनीतिक दललाई पनि जनस्तरबाट प्रतिबन्ध लगाउने छौ ।

वैदिक सनातन यात्रालाई जनस्तरबाट मजबुत बनाउन अहम् भूमिका निभाउने इतिहासमा नै पहिलोपटक किराँत, मंगोल, आदीवासी तथा जनजातीका तर्फबाट शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबाको सलग्नताले आज सबै जनजातीको गौरव बढेको कुरामा हामी विश्वस्वत छौ , साथै सनातन यात्रालाई निरन्तरता दिदै देशमा शान्ति र सद्भाव कायम गर्नका लागि उहाले किरात, मंगोल, जनजानी आदिवासीका तर्फबाट गहन भूमिका निर्वाह गर्नुहुने छ भन्नेमा हामी विश्वस्त छौ । नेपालमा रहेका सम्पूर्ण शक्तिपीठहरुको पूजारी रहि परापूर्वकालदेखि आजसम्म पहरेदार भएर मनातन सभ्यतालाई जोगाउन अहम् भूमिका खेल्ने सिगी मगर समुदायप्रति हामी आभारी छौ।

अन्त्यमा हामीलीई विश्वास छ कि राम्रो कुरा देखाएर छदमाभेसमा देश, जनता र सभ्यता सिध्याउने दुष्प्रयास समाप्त हुने छ। साथै सनातनी सहिदको रगतमा टेकेर सनातनी सभ्यताको विरासतमा धमिरा लगाई सिध्याउने परिपञ्च प्रत्येक आन्दोलन र सरकार परिवर्तन लगातार हुदै आएकोमा हामी खबरदारी गराउन चाहन्छौं कि सनातनीलाई अब पनि फुटाउने, लडाउनेर झुक्याई झुक्याई समाप्त पार्ने प्रायोजित शक्ति र यिनका मतियारहरुबाट सावधानी रही हामी हाम्रो निम्ती अब हिमाल, पहाड र तराईबाट उठिसकेका छौ। हिमाल पहाड तराई कोहि होइनौ पराई भन्दै सम्पूर्ण समस्याको समाधान वार्ताद्वार खोजी देशमा सुशासन र शान्ति कायम गर्न सर्वपक्षीय सर्वदलीय सरकार गठन गर्नका लागि सरोकार पक्षलाई उनै गोरखानाथले सद्बुद्धी प्रदान गरुन् भन्दै सम्पूर्ण सनातनीको कल्याण आरद्यदेव भगवान पशुपति नाथले गर्नुहुने छ।