skip this वडा नं १६ बालाजु च:मती

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रनको शतकीय पारी खेलेका थिए । रोहितले आफ्नो क्यारियरमा दोस्रो एकदिवसीय शतक बनाएका हुन् । त्यस्तै आसिफ सेखले ३५, आरिफ सेखले २७ र दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै करण केसीले १३ रनको योगदान दिएका थिए ।

त्यसैगरी युएईका लागि जाहिद अलीले सर्बाधिक ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ तथा मुहमद रोहिद र हैदर अलीले एक एक विकेट लिएका थिए ।