पा(एमाले) को जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित युथ भोलेन्टियर फोर्सको विशेष भेला भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको गुन्डुमा भएको भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा ‘युथ भोलेन्टियर फोर्स विधान- कार्यपत्र समिति’ बनाएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका बस्नेतले विशेष भेलालाई सम्बोधन गरेका थिए । अध्यक्ष केपी ओलीको उपस्थितिमा भएको उक्त भेलामा ओली भने बोलेनन् ।
कार्यक्रममा नेता बस्नेतले अराजकता निर्मूल गर्ने र सकारात्मक प्रभाव पार्ने कार्यमा फोर्सको भूमिका हुने बताए । त्यस्तै, अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नेहरूलाई मैदान खाली भएको बताए । उनले पार्टीका कुरा बाहिर लग्ने र विरोधी गतिविधि गर्नेहरूको कार्य सह्य नहुने बताए ।
उक्त समितिमा बस्नेतसहित समिक बडाल, विनोद पाण्डे, निशा लिम्बू, विनिता काफ्ले, महेश चौलागाईंलगायत रहेका छन् । एमालेले पार्टीको रक्षाकवजको रूपमा लिएको फोर्सको नेतृत्वको घोषणा ५ मंसिरमा हुने एमालेका एक नेताले जानकारी दिए ।


















