skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक भोलिबाट सुरु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुँदैछ । चितवनको सौराहामा गर्ने भनिएको बैठक भोलिबाट सुरु हुन लागेको पार्टी नेता विराजभक्त श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दुई दिने बैठकले आगामी पार्टीको रणनीति र कार्यदिशा स्पष्ट रुपमा तयार गर्ने बताउका छन् ।

उनका अनुसार बैठकमा चारवटा प्रतिवेदन पेश हुने भएका छन् । जसमा पार्टी सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै निर्वाचन घोषणापत्र उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन्। पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री कविन्द्र बुर्लाकोटी र उम्मेदवार चयन विधिको प्रतिवेदन सहमहामन्त्री विपिन आचार्यले प्रस्तुत गर्ने श्रेष्ठको भनाइ छ ।

पार्टी प्रवक्ता मनिषाका अनुसार भोलिबाट सुरु हुने विस्तारित बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। नेताहरूका अनुसार भोलि र पर्सिमा बैठक नसकिए आइतबार पनि बैठक बस्ने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन पहिलो साता पार्टीको पहिलो महाधिवेशन घोषणा गर्ने निर्णय गरेको थियो। तर फागुन २१ गते निर्वाचन हुने भएपछि राजसपाको पहिलो महाधिवेशन निर्वाचन अगाडि नहुने सम्भावना छ।