टोकियो । नेपाल मगर संघ जापानको केन्द्रिय समितिको प्रवक्तामा दुर्लभ सारु मगर मनोनीत हुनु भएको छ। टोकियोमा आईतबार बसेको नेपाल मगर संघ जापानको पछिल्लो कार्यसमितिको प्रथम पुर्ण बैठकले दुर्लभ सारु मगरलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल मगर संघ जापानको विगतको कार्यसमितिमा नरहे पनि उहाँले समाजलाई गर्दै आईरहेको सहयोग र भुमिकालाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो। अध्यक्षका अनुसार समाजको गतिविधिलाई वृहत रुपमा संचालन गर्न दुर्लभको भुमिका महत्वपूर्ण रहने संघको विश्वास छ।
उहाँ विगत लामो समय देखिनै संञ्चारकर्मीमा आवद्ध भईसकेको व्यक्ती हुनाले गर्दा नेपाल मगर संघलाई अझै फाईदा हुने अपेक्षा राखेर नै हामीले प्रवक्ताको जिम्मेवारी दिएको बताउनुभयो। यसैविच नेपाल मगर संघ केन्द्रिय समिति जापानको नयाँ कार्यसमितिको पुर्ण बैठकले अन्य रिक्त रहेको पदमा सदस्य मनोनित गरेपछि २०२५ देखि २०२७ सम्मको २ वर्षे कार्यकालका लागि चयन गरिएको नयाँ कार्यसमितिले पनि पुर्णता संघका महासचिव सागर थापाले जानकारी दिनुभयो।
नेपाल मगर संघ केन्द्रिय समितिमा मोनोनीत हुने सदस्यहरु संरक्षक ठानु राना मगर, वरिष्ठ सल्लाहकार नविन थापा मगर चयन भएका हुन् । सल्लाहकारहरुमा ओम काउचा मगर, रामहरी खपाङ्गी मगर, प्रेम प्रकाश रोका मगर, लक्ष्मण घर्ती मगर , चन्द्र पुन मगर, गंगा घर्ती मगर, नर बहादुर जुग्जाली मगर, मिना पुन मगर, प्रितम पुन मगर चयन भएका हुन् ।
त्यसैगरी प्रवक्तामा दुर्लभ सारु मगरलाई मनोनित गरिएको हो भने साँस्कृतिक संयोजकमा विकाश फगामी मगर चयन भएका हुन् । कार्यसमितिको सदस्यहरुमा सदस्यहरुमा घनश्याम राना मगर, आकाश पुन मगर, सुजन थापा मगर, धरमेन्द्र बुर्जा मगर लगायत मोनोनीत भएका हुन् ।
यसैगरी नेपाल मगर संघ जापानले आगामी दिनमा जापानमा रहेका प्रवासी नेपालीमाझ आफ्नो नेपालको रितिरिवाज, चालचलन, भेषभुषा, भाषा संस्कृती जगेर्ना गर्नको लागि नबिर्सिउन भन्ने उद्देश्यले साँस्कृतिक र सामाजीक कार्यहरु वार्षिक क्यालेण्डर बनाएर गर्ने भएको छ।
आउदै गरेको माघे संक्रान्ती पर्व गत वर्ष जस्तै यस वर्ष पनि जापानभरी नै मनाउन लागेको हुनाले त्यसको तयारीका लागि अहिल्यै देखि नै जुटेको संघका नवनियुक्त प्रवक्ता दुर्लभ सारु मगरले जानकारी दिनुभयो ।





















