विप्लव नेतृत्वका नेताहरूले निर्वाचन आयोग पुगेर सनाखत गरे ।

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदनमा सनाखत गरेका छन ।
उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आज आयोग पुगेका थिए । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।

उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू आज सनाखत गर्न बोलाएको थियो ।

विप्लवसहितका नेताहरू आज आयोग पुगेका हुन् ।