मित्र धेरै हुन्छन्, तर परेको बेला नै मित्रताको पहिचान हुन्छ । स्वार्थी मित्रबाट धोका सिवाय केही प्राप्त हुन्न । सहयोगी विचार मित्रताको असल गुण हो । घमण्ड, रिस, क्रोध, इष्र्या, वैमनस्यतालाई त्याग गर्नाले मित्रहरु वृद्धि हुन्छन् । संगतिबाट विचार पैदा हुन्छ । विचाररुपी जलको श्रोत भनेको संगतिरुपी कुवा हो ! मित्र त्यस्तो होस् जसले अवनतिमा पनि साथ देओस्, उन्नतिमा त दिन्छ नै । कष्ट र अवनतिमा पनि ढाडस दिने मित्र असल मित्र हो । मित्रमा जलन हुनु हुन्न । मित्र सकेसम्म रंग, रुप पनि मिलेको, सुन्दर होस् । तर कुरुप भए पनि विचार राम्रो छ भने त्यो असल मित्र हुन सक्छ । मित्र त्यस्तो होस् जसको बोलीमा स्पष्टता, मधुरता, क्षमाशील, इष्र्या रहित होस् । स्मरण शक्ति तीव्र, तीखो बुद्धिको, सोच सकारात्मक होस्, शान्त, धीर र वीर पनि ! कर्मशील, धर्मानुरागी, मानमा नमात्तिने्, अपमानमा न आत्तिने होस्, धैर्य नगुमाओेस् । मित्र दयालु होस्, साथमा कुशलता पनि । हिर्दयमा प्रवलता होस् र मनमा पवित्रता होस् । कामनाले रहित होस्, निष्काम भावको होस्, बदला लिने भावले काम गरेको नहोस् । भय, सन्त्रास, लोभ र क्रोध रहित होस् । धर्मलाई रत्तिभर विचलित नगराओस् । कार्यमा त्रुटि हुन नदेओस्, धैर्य र साहसी होस्, सभ्य, परिवेश अनुसार कुराकानी गर्न सक्ने होस्, परिस्थितिलाई बुभ्mने, समयको महत्वलाई बुझ्न सक्ने होस् । अतितको भुमरीमा नतड्पिने, सबैको भलो चाहने, वर्तमानमा स्वर्ग देख्ने, कोरा कल्पना भन्दा यथार्थ र सहज हुन सिकेको होस् । जुनसुकै परिवेशलाई आत्मसात् गर्ने, कर्तव्य र अकर्तव्यको बोध गर्ने पनि होस् । महाभारतले यी तमाम मित्रहरुको गुणाको चर्चा गरेको छ ।
मित्र त्यस्तो होस् जसले आफन्तको अपमानलाई आफ्नै अपमान सम्झोस् । मित्र त्यस्ता हुन् जसले उदासीन र कायर भावलाई मनमा आउनै नदेओस् । स्पूmर्ति, जाँगर, उत्साह र धैर्यलाई आत्मबलको रुपमा आत्मसात् गरोस् । समयमा खानपान गर्ने होस्, सात्विक अहार गर्ने होस् । हिंसामा विश्वास नगरोस् । हरेक कार्यलाई कुशलता र दक्षतापूर्वक सम्पन्न गर्न सकोस् । कार्यमा अग्रसर होस् । नैतिक र शिक्षाप्रद ज्ञान दिन सक्ने र लिन सक्ने होस् । ध्यानपूर्वक अरुको कुरा सुनोस् । प्रमाण, तर्क र युक्तिसंगत वार्तालाप गर्ने साहसिलो होस् । शालीनताको व्यवहार होस्, नियमित व्यायाम गर्ने होस् । जन्म मृत्यु व्यक्तिको एक्लै हुन्छ र पनि व्यक्तिलाई मित्रताको खाँचो पर्छ । जन्म र मृत्यु वाहेक अरुबेला व्यक्ति एक्लै बाँच्नै सक्तैन । परिवार–समाज–साथी, मित्र, आफन्त आदि उसका वरिपरि भैरहन्छन् । धेरै जनासँगको आत्मीय सम्बन्धबाटै व्यक्तिले आप्mनो आत्मोन्नति गर्न सकेको हुन्छ । विकास पथमा अग्रणी भूमिका निर्वाह गर्न सकेको हुन्छ । मित्र धेरै हुन्छन् तर परम मित्र कम हुन्छन् । सामान्यतया सम्झौता गर्न लायक मित्रहरु ५ प्रकारका हुन्छन् । कृत्रिम, सहयोगी, प्ुख्र्यौली, सहज र धार्मिक ! असल मित्रको पहिचान गर्ने केही आधारहरु छन् जस्तै ईश्वरमा विश्वास कति राख्छ, धनको मोहमा कति लाग्छ, अभाव, दुःख, कष्टमा कति साथ दिन्छ, संकटको घडीमा कति नजिक हुन्छ, मित्रको उदय, उन्नतिमा कत्तिको खुशी व्यक्त गर्छ, दुःखमा कत्तिको साथ दिन्छ, कति ढाड्स दिन्छ, कति प्रेरणा र हौसला दिन्छ, स्वार्थका कुराहरु कति राख्छ÷शर्त कति राख्छ, लिने कुराहरु कत्तिको गर्छ, दिने कुराहरु व्यवहारतः गर्छ कि बोलिले मात्र !
लोभको कारण अरुको धन र तनको मोह हुन्छ । काम इन्द्रियहरु तीव्र हुन थाल्छन् । जिब्रोले रसको खोजी बढी गर्छ । मिथ्या बोलीबाट आपूm ठूलो हुने प्रयास व्यक्तिले गर्छ । अरुप्रति द्वेष, घृणा, दुर्गुण बढ्दै जान्छ । स्नेह, भातृत्व, क्षमा र दया स्वतः हटेर, घटेर जान थाल्छन् । लोभको स्वरुप अचम्मको हुन्छ । मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ । उसको स्वभाव जवानी हुँदै जान्छ । सम्पूर्ण खहरेहरु, नदीहरु, वर्षाकालीन भेलहरु समुद्रमा पुग्छन् । ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर वर्षन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन । वर्षाकालीन नदीनालाहरु सोहोरिएर समुदं्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रुप, प्रतिष्ठा, धन सम्पति एवं सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन ।
लोभको वास्तविक स्वरुप कोही जान्दैन । मनुष्यपिच्छे लोभको स्वरुप आवरण अनुसार फरक फरक हुन्छ । परिवेश अनुसार लोभको रुप पनि अलग हुन्छ । लोभको स्वरुप बुझ्न चाहिँ सजिलो छ । यसको स्वरुप दम्भ हो, द्रोहीपना हो, निन्दा हो, चुक्ली हो, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुभ्mनुपर्ने हुन्छ । अहिले सत्तो श्राप, हिलो छ्यापाछ्याप देखिएकै हो । मान्छे सबै कार्य आफूले गरेको भन्ने ठान्छ । कर्तृत्वको अभिमान बोकेको हुन्छ । कर्तृत्वको अभिमान बोकुन्जेल ईश्वरीय सत्तालाई स्वीकार्न सकिंदैन । कुविचार र कुप्रवृत्ति नरक हो । अरुको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतिकात्मकता हो । अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ । लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो भने लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ । लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन् ।
लोभ निराकरणका केही सजिला उपाय पनि छन्, इन्द्रिय संयम गरेर, शुभ कर्ममा अग्रसर भएर, खराब कार्यलाई तिरस्कार गरेर, सकारात्मक सोचको वृद्धि गरेर । सकारात्मक सोचले दीर्घजीवी बनाउँछ । रागबाट टाढा हुनेले रोगबाट पनि टाढा रहन सक्छ । आधिको रोग राग हो मानसिक, व्याधिको रोग चाहिँ शारीरिक रोग हो । मनमा शान्ति स्थापना गरेर, स्वाध्यायबाट र आनन्द लिएर, क्रोधलाई चेहरामा आउन नदिएर, प्रफुल्ल रहेर, हाँसेर, हसाँएर यो रोग घटाउन सकिन्छ । संयमीको लक्षण क्षमा, धीरता, अहिंसा, समता, सत्यता, सरलता, दक्षता, कोमलता, स्थिरता, उदारता, शान्त स्वभाव र सन्तोष हो । दोष नदेख्ने बानीले प्राणीप्रति दया भाव पैदा हुन्छ । अरुलाई अपमान नगर्ने, निन्दा नगर्ने बानीले संयमीको लक्षण उजागर हुन्छ । मुक्त व्यक्ति त्यही हो जसले सदैव कसैको निन्दा गर्दैन, अरुको प्रशंसाबाट पनि बच्दछ । सबैप्रति मित्रता भाव राख्छ ।


















