बिहारमा सम्पन्न निर्वाचनमा एनडिए गठबन्धनलाई दुई तिहाई बहुमत , नितिश कुमार दशौ पटक मुख्यमन्त्री बन्दै

 

छिमेकि राष्ट्र भारतको बिहारमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू)को गठबन्धनले दुई तिहाई बहुमत ल्याएको छ ।

शुक्रबार राति सम्मन्न मतगणनाको अन्तिम नतिजाअनुसार एनडिए गठबन्धनले विधानसभाका २४३ सिटमध्ये २०२ सिट जित्यो।

मतगणनाको प्रारम्भिक चरणदेखि नै एनडिएका उम्मेदवारहरूले भारी मतका साथ आरजेडि नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई पछि पारेका थिए।

बिहारका चर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको आरजेडीले कंग्रेस र कम्युनिस्ट पार्टीहरूसँग मिलेर महागठबन्धन बनाएका थिए।

बिहारमा २० वर्षदेखि अकन्टक राज गर्दै आएका नितिशकुमारलाई हराउन उनीहरूले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेका थिए। तर महागठबन्धनले केबल ३५ सिट जितेको छ।

त्यस्तै पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।

अन्य दलहरूले ६ सिट जितेका छन्।

दलगत परिणामअनुसार भाजपा ८९ सिटमा विजयी हुँदा जेडियूले ८५ सिट जित्यो। त्यस्तै आरजेडी २५, लोकजनशक्ति पार्टी १९, भारतीय राष्ट्रिय कंग्रेस ६ सिट जिते। बाँकी सिट अन्य विभिन्न दलहरूले जिते।

यसअघि ९ पटकसम्म मुख्यमन्त्री बनिसकेका नितिश कुमारलाई बिहारका जनताले फेरि किन अनुमोदन गरेका छन ।