राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई आजदेखि लागू हुनेगरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।
उनको शपथ आजै दिउँसो ४ः०० बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।



















