नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।
लुम्बिनी सुखद् सुरुवातको लक्ष्यमा हुनेछ । यता चितवन पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई हराएको थियो । पहिलो सिजनको भेटमा भने लुम्बिनीले चितवनविरुद्ध जित निकालेको थियो ।

















