एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो मसी छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो मसी छ्यापेका हुन् ।
बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा मसी भरेर छ्यापेको जनाए ।


















