साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन ७ सय रुपैयाँले बढेको हो ।आज सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको छ ।


















