प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेट गरेका छन् । मंगलबार महावर प्रधानमन्त्रीसँग भेटका लागि सिंहदरबार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।