एमाले महाधिवेशनमा देउवालाई निम्तो

नेकपा (एमाले)ले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।

एमालेको प्रतिनिधिमण्डलले देउवा निवासमै पुगेर निमन्त्रणा दिएको हो । एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ निम्ता दिन देउवा निवासमा पुगेका हुन् ।
एमाले महाधिवेशन यही मंसिर २७२९ गते काठमाडौंमा हुँदैछ ।