कांग्रेस लमजुङबाट रिमालसहित ९ जना उम्मेदवार सिफारिस

लमजुङबाट पार्टीलाई रूपान्तरण गर्न नेपाली कांग्रेस सुधार अभियान चलाएका नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमालसहित ९ जना फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ लमजुङबाट वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णुप्रसाद धिताल, सुबोधबाबु चिलुवाल, तुलसीनारायण श्रेष्ठ, गमप्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल र शैलेन्द्र घिमिरेको नाम सिफारिस भएको हो ।

कांग्रेस सुधार अभियान चलाएका रिमालले पार्टीभित्र र उम्मेदवार बनाउँदा ४० प्रतिशत युवा सुनिश्चितता हुनुपर्ने बताउँदै आएका छन्। समानुपातिकतर्फ रामकृष्ण बराल,राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै,सन्तोष न्यौपाने, स्थिरबाबु खाती, सुरेन्द्रप्रसाद पौडेलको नाम सिफारिस भएको छ।

राष्ट्रियसभामा गर्जबहादुर गुरुङ,विष्णुमाया न्यौपाने धिताल, शुभनाथ मिश्रको नाम सिफारिस भएको रिमालले जानकारी दिए ।