skip this वडा नं १६ बालाजु च:मती

मेयर बालेनको शहरमा यस्तो भेदभाब किन ?

काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयरमा बालेन शाह विजयी भएरआए पछि सार्वजनिक र सामुदायिक विद्यालयले सटरहरु व्यापारीक प्रयोजनका निम्ती भाडामा लगाउन नपाउने सरकारी नियमलाई कडाईका साथ लागु गर्ने भन्दै महानगर भित्र त्यसरी भाडामा सटरहरु दिएको भए खाली गराउन सुचना जारी गर्यो ।

सुचनाको म्याद सकिए पछि एक बर्ष पहिला जसले पसल हटाएनन ती पसलहरु महानगर आफैले डोजर चलाएर  हटायो । यहि क्रममा काठमाडौको लैनचौर स्थित श्री शान्ति विद्या गृहको पसल कवल, सटरहरु पनि हटाउन भन्यो । शान्ति  विद्या गृहको प्रसासनले आफै हटाउन अग्रसरता नदेखाए पछि  महानगरपालिकाले साकेतिक रुपमा डोजर समेत लगायो । त्यस पछि करिब एक वर्ष अगाडि सबै पसल खाली गरिए तर एउटा पसल कवल शान्ति बुक्सको नाममा अहिले पनि चलिरहेको छ । जानफकारहरु भन्छन उक्त पसलले महानगर प्रहरी प्रमुखसम्म पहुँच पुराई चलखेल गर्न सकेकोले अहिलेसम्म पनि त्यही चलिरहेको छ ।

नियम कानुन सबैलाई सम्मान रुपमा लागु हुनुपर्नेमा अरु सबै १५ वटा सटरहरुलाई खालि गरी  सकेको छ तर एउटा पसलमात्र मात्र किन राखिएको छ भन्ने प्रश्न खडा भएको छ । कि त सबैलाई नियम पूर्वक राख्नु पर्ने हो । कि त सबैलाई निकाल्नु पर्ने हो । तर एउटालाई मात्र राख्न दिएर यसको फाईदा कसले लिएको छ? मेयर बालेको प्रशासनको यस तर्फ ध्यान पुग्नु पर्ने जानफकारहरुको भनाई छ ।